सोमबार, कार्तिक १७ गते २०८३
images
images

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 224
    SHARES
  • ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

    कात्तिक २ काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

    images

    ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासका अनुसार आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको हो । रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको उनको भनाई छ ।

    images