सोमबार, कार्तिक १७ गते २०८३
images
images

पहिरोले पुर्चौडी र शिवनाथमा एक–एक घर पुर्यो

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 178
    SHARES
  • पहिरोले पुर्चौडी र शिवनाथमा एक–एक घर पुर्यो

    कात्तिक २ बैतडी । पुर्चौडी नगरपालिका–७ कोटिलामा पहिरोले एक घर भत्किएको छ । स्थानीय मदन लोहारको घरमाथिबाट आएको पहिरोले दुई तले घर भत्किएको हो । घर भत्किदा भित्र रहेका सबै मालसमान नष्ट भएको छ । मानविय क्षति नभए पनि २० लाखभन्दा बढीको धनमाल नष्ट भएको स्थानीय शैलेस धानुकको अनुमान छ । 

    images

    पहिरोका कारण ऐरी गाउँका दुई बस्ती पनि जोखिममा परेको उनले बताए । यसैगरी, शिवनाथ गाउँपालिकामा गएको पहिरोले पनि एक घर पुरेको छ । घटनास्थलमा प्रहरी जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर पालले बताए ।
     
    यस्तै, पहिरोले पाटन–८ स्थित खोड्पे बजारका सात घर उच्च जोखिममा परेका छन् भने दशरथचन्द नगरपालिका–१ मुस्याचौरका दुई घर जोखिममा परेका छन् ।