सोमबार, कार्तिक १७ गते २०८३
images
images

बैतडीको शिवनाथमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु 

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 266
    SHARES
  • बैतडीको शिवनाथमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु 

    कात्तिक २ बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए । 

    images

    मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।

    अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    images