सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रदेश १ मा बाढीपहिरोको कहर : ३८ जनाको मृत्यु, १६ जना बेपत्ता 

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 442
    SHARES
  • प्रदेश १ मा बाढीपहिरोको कहर : ३८ जनाको मृत्यु, १६ जना बेपत्ता 

    कात्तिक ३ विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ । 

    images

    तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु, १६ जना बेपत्ता र १६ जना नै घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले विराटनगरले जानकारी दिएको छ । 

    कार्यालयका अनुसार सबैभन्दा धेरै इलाममा १३ जनाको मृत्यु भएको छ । पाँचथरमा ११ जना, धनकुटामा सातजना र सुनसरीमा चारजनाको मृत्यु भएको छ । 

    images

    उदयपुर, मोरङ र भोजपुरमा एक एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकोहरूको खोजीकार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ ।