सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढीपहिरो र डुबान हालसम्म ७७ को मृत्यु, २७ बेपत्ता

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 736
    SHARES
  • बाढीपहिरो र डुबान हालसम्म ७७ को मृत्यु, २७ बेपत्ता

    कात्तिक ३ काठमाडौं । लगातार तीन दिन देखि आएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी बुधबार साँझसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

    images

    गृहमन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा परेको छ । पाँचथरमा २४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

    पाँचथरको इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।

    बाढीपहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता रहेको पनि महाशाखाले जनाएको छ । हालसम्म बेपत्ता हुनेको संख्या २७ पुगेको छ भने घाइतेको संख्या २२ पुगेको छ ।