सोमबार, कार्तिक १७ गते २०८३
images
images

बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 186
    SHARES
  • बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

    कात्तिक ४ काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना भएको हो । सो घटनामा परी बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गाडी सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ । मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाएको छ ।

    images