सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिरहामा रथबाट लडेर बालकको मृत्यु

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 269
    SHARES
  • सिरहामा रथबाट लडेर बालकको मृत्यु

    कात्तिक ४ सिराह । रथबाट लडेर सिरहामा एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका–१२ सारस्वरका मोहम्मद इस्लाम राइनका १० वर्षीय छोरा १० जाहिद राइनको बुधबार बेलुका रथबाट लडेर मृत्यु भएको हो । 

    images

    प्रहरीका अनुसार रथबाट लडेलगत्तै रथको पाङ्ग्राले किचेको थियो । घाइते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानाएको छ । 

    प्रहरीले रथ नियन्त्रणमा लिए पनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    images