सोमबार, कार्तिक १७ गते २०८३
images
images

कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 245
    SHARES
  • कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

    कात्तिक ४ सुर्खेत । कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्लाका दर्जनाैं ठाउँमा पहिरो खसेकाे छ । 

    images

    कर्णाली राजमार्गअन्तर्गत  दैलेखको गुराँस गाँउपालिका-२ मटीया खोलामा माथिबाट सुख्खा पहिरो खस्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएकाे र अहिले खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

    जुम्लाको हिमा गाँउपालिका-५ भूगोल पाटास्थित बिहान ८ बजे नाग्मा मुगु सडकखण्डमा माथिबाट पहिरो खस्न गई पूर्ण रूपमा अवरुद्ध भएको छ । 

    images

    त्यस्तै, कालीकोटकाे खाँडाचक्र नगरपालिका-२ शेरीघाटमा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको र स्थानीय तहसँगसमन्वय गरी सडक खुलाउने पहल भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।