सोमबार, कार्तिक १७ गते २०८३
images
images

चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ 

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 351
    SHARES
  • चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ 

    कात्तिक ४ जाजरकोट । शिवालय गाउँपालिकामा चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवालय गाँउपालिका–६ सुङ्गुरखालीका २९ बर्षीय नवीन शाही र २२ बर्षीय मनोज शाही रहेका छन् ।

    images

    शिकार खेल्दै गर्दा नवीन पक्राउ परेका थिए भने अर्काको घरमा बन्दुक भेटिएपछि पक्राउ गरिएको थियो । दुबै जनाबाट दुई–दुई थान बन्दुक फेला परी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।