सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको मौसम , कुन-कुन प्रदेशमा पानी पर्छ ? 

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 274
    SHARES
  • यस्तो छ आजको मौसम , कुन-कुन प्रदेशमा पानी पर्छ ? 

    कात्तिक ५ काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।

    images

    यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    images