कात्तिक ५ झापा । झापा जिल्लाको मेचिनगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट कात्र्तिक ३ गते सशस्त्र प्रहरीले ब्राउन सूगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको दमक नगरपालिका ३ भुटानी शरणार्थी क्याम्पमा बस्ने मनिष राई र बलराम लिम्बु रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा ४ ग्राम ब्राउन सूगर फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सूगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
वेपत्ता भएका दूई जनाको शव सशस्त्र प्रहरीद्धारा फेला
कपिलबस्तु कपिलबस्तु जिल्लाको बुद्धभुमि नगरपालिका १० ढडिहवा स्थित घोराही खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले कात्र्तिक ३ गते फेला पारेको छ । सोही ठाउँ बस्ने ३० बर्षिया सिता थारु र १४ बर्षिया सृजना थारुलाई सो खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणबाट खटिएको सशस्त्र प्रहरीले सिता थारुको शव फेला पारेको हो ।
बेपत्ता भएको सृजना थारुको भने खोजीकार्य भइरहेको बताइएको छ । यसैगरी ईलाम जिल्लाको बुङ गाउँपालिका ६ चिसापानीमा कात्तिक ४ गते सशस्त्र प्रहरीले हरिमाया राईको शव फेला पारेको छ । उनि कात्तिक ३ गते बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बाझोबाट
खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित सीमरपानीबाट कात्तिक ४ गते सशस्त्र प्रहरीले करीव ५ लाख १३ हजार ९ सय रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको हुक्कामा हाल्ने लिक्युड र भर्जिन पेपर सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी सिरहा जिल्लाको लाहान नगरपालिका २३ स्थित हस्पिटल चोकबाट कात्तिक ३ गते सशस्त्र प्रहरीले करीव २ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडा तथा चाल्ना बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी र सुरक्षा वेश लाहानबाट खटिएको सशस्त्र प्रहरीले इनरुवाबाट लाहानतर्फ जादै गरेको ना ४ ख ६३८९ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा उक्त सामान बेवारिसे अबस्थामा फेलापारेको
हो ।
यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट कात्तिक ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता तथा किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट कार्तिक ४ गते सशस्त्र प्रहरीले करीव १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा कस्मेटिक सामान बरामद गरको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक ३ गते सशस्त्र प्रहरीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा इलेक्ट्रोनिक सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
.jpg)


