सोमबार, कार्तिक १७ गते २०८३
images
images

मदन चौधरीलाई दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कार

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 269
    SHARES
  • मदन चौधरीलाई दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कार

    कात्तिक ५ सप्तरी । पत्रकार मदन चौधरीलाई दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । दिलीप स्मृति प्रतिष्ठानले सप्तरीको सप्तकोसी नगरपालिकाको गंगाजलीमा आयोजना गरेको कार्यक्रममा पत्रकार चौधरीलाई ११ हजार रुपैयाँ राशि रहेको सो पुरस्कारबाट सम्मान गरिएको हो ।

    images

    नेकपा एमालेका सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । चौधरी विगत डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय छन् । कार्यक्रममा सप्तरीबाट सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारद्वय नवीन गुप्ता र बृजमान तामाङलाई पनि सोही पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    सप्तरीको फत्तेपुरमा जन्मिएका दिलीप चौधरी २०४२ सालमा देशव्यापी रूपमा भएको बम काण्डको आरोपमा पक्राउ परेका थिए । उनलाई काठमाडौंको ल क्याम्पसबाट हिरासतमा लिइएको थियो । लगत्तै उनको हत्या गरिएको थियो ।

    images