मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल आजगानी गर्ने एक युवक पक्राउ

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 225
    SHARES
  • मोटरसाइकल आजगानी गर्ने एक युवक पक्राउ

    कात्तिक ८ सिरहा । मोटरसाइकलमा आगजानी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    images

    मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षीय दिपक साहलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो ।

    मण्डलले आफ्नै घर अगाडि सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत २६ असोजको राति आगजानी भएको थियो ।

    images

    पक्राउ परेका साहले व्यक्तिगत रिसइबीका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरीसामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेको साहमाथि म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाउने प्रहरीले बताएको छ ।