मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बालिका करणी गरेको अभियोगमा एक युवक पक्राउ

एक्सप्रेस पाना
कार्तिक ८, २०७८ सोमबार
  • 164
    SHARES
  • बालिका करणी गरेको अभियोगमा एक युवक पक्राउ

    कात्तिक ८ उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन् । 

    रोक्काले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ।

    images