मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 237
    SHARES
  • कस्तो छ आजको मौसम ?

    कात्तिक १० काठमाडौं । आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको  सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस ।

    images

    यद्यपि, दिउँसो पहाडी भूभागमा बदली  रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

    राति पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

    images