मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रसुवामा सार्वजनिक सवारी साधनको भाडा घट्यो

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 609
    SHARES
  • रसुवामा सार्वजनिक सवारी साधनको भाडा घट्यो

    कात्तिक १० रसुवा । रसुवामा सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर सात प्रतिशतले घटाइएको हो । 

    images

    जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात व्यवसायीबीचको छलफलपछि सात प्रतिशत भाडा दर घटेको हो । सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि १ कात्तिकदेखि रसुवाबाट काठमाडौँसम्मको भाडा ८१७ रुपैयाँ लिँदै आएका थिए । 

    यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटाइएको छ । प्रशासनको आग्रहमा भाडा दर घटेपछि अहिले रसुवाबाट काठमाडौँको भाडा ७३० रुपैयाँ कायम भएको छ । नयाँ भाडा दर बुधबारबाटै कायम गरिएको छ । 
     

    images