कात्तिक १० काठमाडौं । आज (बुधबार) सिंहदरबारभित्र रहेको संसद सचिवालय परिसरमा गोली चल्दा कर्मचारीको भागदौड मच्चिएको छ ।
दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको बताइएको छ । गोली के कारणले चल्यो भन्नेबारे सोधपुछ भइरहेको बुझिएको छ । अहिले पीएसओ भारतीसँग गोली चलेकोबारे सोधपुछ भइरहेको छ ।
प्रहरीले भने झुक्किएर गोली चलेको हुनसक्ने बताएको छ। बुधबार सिंहदरबारमा गोली चलेपनि क्षति केही नभएको प्रहरीले बताएको छ ।
.jpg)


