मंगलबार, कार्तिक १८ गते २०८३
images
images

डुंगा पल्टिँदा दुई जना बेपत्ता

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 238
    SHARES
  • डुंगा पल्टिँदा दुई जना बेपत्ता

    कात्तिक १० धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    images

    डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 'कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ', उनले भने ।

    प्रहरीका अनुसार आठ जना पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् । बेपत्ता हुनेहरूको पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको निरीक्षक खड्काले बताए ।

    images