मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : पहाडमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातकाे सम्भावना

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 288
    SHARES
  • आजको मौसम : पहाडमा वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपातकाे सम्भावना

    कात्तिक १२ काठमाडौं । आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    images

    राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images