कात्तिक १२ पर्सा । जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही जिल्लाको बदुमाई नगरपालिका २ बस्ने २३ बर्षिय रामाकान्त प्रसाद कानुलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र वीनरेक्स १ बोतल फेला पारेको हो ।
त्यसवेला सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कानुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
गाँजा बरामद
सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित ईनरुवा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करीव दुई के.जी. पाँच सय ग्राम गाँजा बरामद गरेको छ । बेवारीसे अवस्थामा प्लाष्टिको झोलामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सखुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ४ गैडा भेटपुरस्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करील २ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले
बरामद गरेको हो ।
यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
.jpg)


