मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 388
    SHARES
  • ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ

    कात्तिक १२ कपिलवस्तु । कपिलवस्तुमा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद भएको छ ।

    images

    प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट ९२ ग्राम ८२ मिली ग्राम तौल भएको २२ पोका ब्राउन सुगर बरामद गरेको हो । यो परिमाण यस वर्ष देशभरमा बरामद भएकोमध्ये सर्वाधिक हो । 

    लागुऔषधसहित बाणगंगा नगरपालिका ४ धनेशपुरका २७ वर्षीय विजय खत्री पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    images

    उनकाअनुसार बिहीबार दिउँसो १:४५ बजे भारतदेखि नेपालतर्फ ल्याउँदै गर्दा सीमा प्रहरी चौकी चाकरचौडाले खत्रीलाई पक्राउ गरेको थियो । 

    पक्राउ परेका कार्कीलाई लागुऔषध ऐन २०३६ अनुसार मुद्दा दायर गरिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।