कात्तिक १२ काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सिया सीमा ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाईट्रोभेट ट्याब्लेसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षिय आमस वि।क। र पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ भिस्वा बस्ने २४ वर्षिय शेखर कुमार सिहं छन् ।
भारतबाट ना ५० प ४९०१ नम्बरको स्कुटरमा नेपालपतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेका हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक
कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ११ गते १३ वटा नाईट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षिय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ सीमा ईलाकाबाट नेपालतर्फ आउँदै गरेका निज मुखियालाई ड्यूटिमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको लत्तापडा सशस्त्र प्रहरीद्धारा बरामद
बर्दिया जिल्लाको मधुवन नगरपालिका ७ भनौरा स्थित सीमा ईलाकाबाट कार्तिक १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ३ वटा साईकलमा राखेर ल्याउँदै गरेको उक्त लक्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लक्ताकपडा तथा साईकल छोटी भन्सार कार्यालय बर्दियामा बुझाईएको छ ।
आगलागि नियन्त्रण
रौतहट जिल्लाको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित एक पसलमा कार्तिक १२ गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोही ठाउँ बस्ने नवल साहले संचालन गरेको हार्डवयर पसलमा विधुतीय तार सर्टभई आगलागि हुँदा करीव २ करोड रुपैयाँ बराबरको हार्डवयरका सामान जलेर
नष्ट भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश दुधियाभार र सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागि नियन्त्रणमा सकृयताकासाट जुटेको हो ।
.jpg)


