मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजकाे माैसम : वर्षा र हिमपातको सम्भावना

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 326
    SHARES
  • आजकाे माैसम : वर्षा र हिमपातको सम्भावना

    कात्तिक १३ काठमाडौं । आज शनिबार वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका  एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

    images

    राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।

    आइतबार प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images