मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 190
    SHARES
  • लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ

    कञ्चनपुर १४ कात्तिक । जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारबाट कार्तिक १४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने २३ बर्षिय बिजय नेपालीलाई पक्राउ गरेको छ ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेका निज नेपालीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोके बजारबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १० वटा र प्रोक्सीवेल  स्पास ट्याब्लेट ४२ वटा फेला पारेको हो ।

    पक्राउ परेका नेपालीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
    प्रहरीलाई बुझाईएको छ ।

    images

    चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद
    सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीव १ लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इट्टाटारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

    यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कलैयाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १३ गते भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव १ लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बारा जिल्लाको फेटा गाउँपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।