काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य घटेको छ ।
आज बजार ७.३७ अंकले घटेर २६४३.८३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटे पनि शुक्रबार कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ३ अर्ब ७२ करोडको कारोबार भएको बजारमा शुक्रबार ४ अर्ब २१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज ९८ कम्पनीको सेयर मुल्य बढेको छ भने १६९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।



