मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अभिनय कार्की र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच सहकार्य

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 437
    SHARES
  • अभिनय कार्की र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच सहकार्य

    कात्तिक १५ काठमाडौं । केही दिनमै नेपालको ७७ वटौ जिल्लामा १०० दिनको अवधीमा साइकलको माध्यम बाट भ्रमण गर्न लागेका दोलखा जिल्लाका मेचीमहाकाली पैदल यात्री अभिनय कार्की र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एण्ड माईग्रेशन प्रा.लि. बिच सहकार्य भएको छ । कार्कीलाई हिजो सोमबार कन्सल्टेन्सीका सञ्चालक भुवन गिरिले २० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

    images

    अभिनयले पर्यटन प्रवर्द्धन तथा लागू औषध सम्बन्धी जनचेतनाका लागि "फ्रस्ट्रेसन,डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं" भन्ने मुल सन्देशलाई प्रवाह गर्दै १०० दिनको साईकल यात्रा सुरु गर्न लागेका हुन् ।

    अभिनयका अनुसार यात्राको क्रममा प्रत्येक ७७ जिल्लाहरुको विद्यालय स्तरमा पुगेर फ्रस्ट्रेसन, डिप्रेसन तथा लागू औषध दुर्व्यसनको विषयमा केन्द्रित बनेर अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्ने उनको मुख्य उदेश्य रहेको छ भने पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल चलाउने तयारी गरिरहेको र आफू अन्तिम तयारीमा रहेको बताए ।

    images

    गत बर्षको फाल्गुन ६ गते आफ्नो जन्मदिनको अवसर पारेर नेपालको पुर्वमेची देखि महाकाली सम्म "विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना" सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर एक्लै लगातार ३७ हिडेर पैदल यात्रा सफल बनाएका अभिनय कार्कीको यो दोस्रो चरण अन्तर्गतको यात्रा रहेको उनले बताए ।

    त्यस्तै ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एण्ड माईग्रेशन प्रा.लि.को स्थापना वि.स २०७१ सालमा भएको हो । भने यसले नेपाल बाट गुणस्तरीय शिक्षा प्राप्त गर्न बाहिर देश जान चाहने नेपाली विद्यार्थीहरुलाई अमेरिका, यु.के, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा पठाउदै आएको सञ्चालक भुवन गिरीले जानकारी दिए ।      received_1597847387224281.jpeg