मंगलबार, कार्तिक १८ गते २०८३
images
images

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 389
    SHARES
  • श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ

    कात्तिक १६ पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट निजकैबाट श्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले कार्तिक १४ गते भारतको पूर्वी चम्पारण रक्सौला घर बताउने ४४ वर्षिय आमिदेर मिश्रलाई पक्राउ गरेको छ ।

    images

    भारतबाट नेपालतर्फ आउँदै गरेका निज मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । 

    त्यसवेला उनको साथमा एक हजार दरको दुई सय वटा र पाँच सय दरको चार सय वटा रुपैयाँ फेला पारको हो । पक्राउ परेका मिश्रलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    images

    चोरीपैठारीको सामान बरामद
    रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर वेलवीच्छुवास्थित सीमा ईलाकाबाट कार्तिक १५ गते सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डरु आउट पोष्ट वेलविच्छुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरको हो ।