कात्तिक १६ पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ स्थित भगतपुर ईलाकाबाट कार्तिक १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याई परालको कुन्युमा लुकाई छिपाई राखेको स्पास्मो ट्याब्लेट ७ सय २० वटा, नाईट्रोजन ट्याब्लेट ३ सय वटा, कोडेक्टस २२ बोतल,प्रोमेथाजिन ५० एम्पुल र आईपिपिटि २५ एम्पुल लागूऔषध सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गर्माबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लागूऔषध आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा पक्राउ
सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट कार्तिक १६ गते सशस्त्र प्रहरीले करीव ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ बर्षिय बैवा प्रसाद मण्डल र २६ वर्षिय रन्जित कापर छन् । बीआर ३२ एक्स ४२५९ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल्डीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय राजविराजमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ ।
यसैगरी कैलाली जिल्लाको कैलाली गाउँपालिका ५ स्थित छोटिपलिया ईलाकाबाट कार्तिक १६ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, बिडी र सुर्ती बरामद गरेको छ । से ५ प ८२८१ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेल बिछवाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १६ गते भारतबाट अवैध रुपले ल्याउँदै गरको करीव १ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुरस्थित बेल बिछवाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरीद्धारा पटका बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ घुरकौलीस्थित सीमा ईलाकाबाट कार्तिक १५ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतीय मोटरसाईकलमा राखेर अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त
पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसवेला उक्त पटका ल्याउने ब्यक्ति डिउटिमा खटेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त पटका तथा मोटरसाईकल
सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ, भने उक्त
मोटरसाईकलको भन्सार दाखिला मुल्य ८० हजार रुपैयाँ कायम भएको छ ।
बरामद पटका स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १६ गते करीव १ लाख ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । स २ प ८५५४ र स ७ प ३७५ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरीले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ ईलाकाबाट बरामद गरको हो ।
त्यसवेला उक्त पटका ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव २ लाख रुपैयाँ रहेको छ । त्यसैगरी झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका २ स्थित सीमा ईलाकाबाट कार्तिक १६ गते सशस्त्र प्रहरीले करीव ७५ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ ।
बीआर ३६ भि ६०४६ नम्बरको भारतीय मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश वगाह चौधरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद
गरिएको छ । बरामद मोटरसाईकल भन्सार कार्यालय भद्रपुरमा बुझाइएको छ, भने बरामद पटका स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
.jpg)


