शुक्रबार, आश्विन २३ गते २०८३
images

बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

एक्सप्रेस पाना
आश्विन २१, २०८३ बुधबार
  • 151
    SHARES
  • बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

    झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो । आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

    ‘मानवीय क्षति भएको छैन, आगलागीबाट चारदेखि पाँच घरमा क्षति पुगेको छ,’उनले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ ।’

    images

    आगलागी नियन्त्रणका लागि चारवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन भएका थिए । उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।