काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार २.३१ अंकले बढेर २५७४.६५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बिहिबार कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ३ अर्ब ७४ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ९३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १४६कम्पनिको सेयर मुल्य बढेको छ भने १२७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


