काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दशैं घरमा जमरा राखिएको हो ।


दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहानै नित्यकर्म गरी बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैं घरमा जमरा छर्ने गरिन्छ।
.jpg)


