मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम स् केही स्थानमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 221
    SHARES
  • आजको मौसम स् केही स्थानमा हिमपातको सम्भावना

    कात्तिक १७ काठमाडौं । देशको केही पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा बुधबार मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

    सुदूरपश्चिम, कर्णाली , गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।