मंगलबार, कार्तिक १८ गते २०८३
images
images

धनवन्तरी दिवसमा अछाममा विविधि कार्यक्रमम आयोजना

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 230
    SHARES
  • धनवन्तरी दिवसमा अछाममा विविधि कार्यक्रमम आयोजना

    कात्तिक १७ अछाम । धनवन्तरी जयन्तीलाई अछाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आयुर्वेद विज्ञानका प्रवर्तक धनवन्तरीको स्मरणमा मंगलबार राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती दिवस मनाइएको हो । 

    images

    हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेद संस्थाहरूमार्फत यो दिवस मनाउने गरिएको छ । आयुर्वेद औषधिका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले दिवस मनाउने चलन छ । 

    नेपाल सरकारले नसर्ने रोगको रोकथाम र उपचारका निमित्त आयुर्वेद र अन्य उपचार पद्धतिलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति लिएको छ । साथै, आयुर्वेदिक स्वास्थ्य केन्द्रहरूमा आयुर्वेदिक पद्धतिमार्फत उपचारमा आकर्षण पनि बढ्दै गएको छ ।

    images

    आयुर्वेदिक औषधिले रोग ढिलो निको भए पनि दीर्घकालीन रूपमा फाइदा गर्न भएकाले बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र अछामका वैद्य तथा लेखा प्रमुख खडक बमले जानकारी दिए । 

    केन्द्रमा अहिले स्तनपान, आमा मातृ (शिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, पञ्चकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा पाइने भुइँअमला, त्रिफला, चिराइतो, कुटकी, तीतेपाती, नीम, शतावरी, अतिसार, बेल, पाँच औले, मधुमेह, अश्वगन्धा आदि मुख्य जडीबुटी हुन् । यस्ता जडीबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ । जिल्ला आयुर्वेदिक केन्द्र मंगलसेन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन रहेको छ । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गाना, अन्य विभिन्न कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।