मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते

एक्सप्रेस पाना
कार्तिक १९, २०७८ शुक्रबार
  • 460
    SHARES
  • महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते

    कात्तिक १९ महोत्तरी । काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

    images

    महोत्तरी बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

    घाइते सबै जनालाई स्थानीयहरूले उद्धार गरी जनसेवा अस्पताल पुर्‍याएका छन् । ब्रेक फेल भई हाइस मूल सडकबाट खेतमा खसेको चालक अमर माझीले बताएका छन् ।

    images

    चालक माझीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रण लिएको छ । घाइते कसैको पनि सनाखत हुन सकेको छैन ।