मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पन्ध्र वर्षपछि बल्ल धर्मशाला निर्माण सम्पन्न

एक्सप्रेस पाना
कार्तिक २०, २०७८ शनिबार
  • 182
    SHARES
  • पन्ध्र वर्षपछि बल्ल धर्मशाला निर्माण सम्पन्न

    कात्तिक २० बारा । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा निर्माण थालिएको १५ वर्षपछि बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ । विसं २०६३ मा शिलान्यास गरिएको धर्मशाला बनाउन १५ वर्ष लाग्यो । यसका लागि रु ५९ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

    images

    गाउँपलिकाले रु २० लाख र प्रदेश सरकारले रु ३० लाख, साविकको जिल्ला विकास समितिले रु छ लाख ५० हजारका साथै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको आर्थिक सहयोगमा धर्मशाला निर्माण गरिएकोे हो । चौहत्तर फिट लम्बाइ र ५६ फिट चौडाइको धर्मशालामा बैठक कक्ष र सातवटा कोठा छन् । शर्मशाला विवाह, पाटी, व्रतबन्धलगायत सामाजिककार्यमा यसलाई प्रयोगमा ल्याइने जनाइएको छ ।

    शौचालय र भान्छाघर बनाउन रकम अभाव

    images

    धर्मशालामा रु ५९ लाख खर्च भइसके पनि शौचालय तयार भइसकेको छैन । सेफ्टीट्याङ्कीको काम सम्पन्न भइसकेको छ । माथिको संरचना तयार गर्न रकम अभाव छ । धर्मशाला पछाडिको खाली जमिनमा भान्छाघर बनाउने योजना रहेको निर्माण समितिका अध्यक्ष कुर्मीले बताउनुभयोे ।