मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति भण्डारीद्वारा भाइ डेगेन्द्र पाण्डेलाई ‘भाइटीका’

एक्सप्रेस पाना
कार्तिक २०, २०७८ शनिबार
  • 439
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा भाइ डेगेन्द्र पाण्डेलाई ‘भाइटीका’

    कात्तिक २० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिनुभएकाे छ ।

    images

    उहाँका तीन भाइमध्ये दुई भाइ अमेरिकामा रहेका र  कान्छा भाइ डेगेन्द्र पाण्डे भने नेपालमै रहेकाे बताइएकाे छ । भाइटीकाकाे दिन उहाँले भाइलाइ टीका लगाएर आशीर्वादसहित सेलराेटी दिनुभएको थियाे ।

    दिदीको हातको टीका लगाउन भाइ पाण्डे शीतलनिवासमै पुग्नुभएकाे राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले बताउनुभयाे । साे क्रममा राष्ट्रपति भण्डारीकी बहिनी सुशीला पाण्डेले पनि शीतल निवासमै पुगेर दाइ डेगेन्द्रलाइ भाइटीका लगाउनुभएकाे थियाे ।

    images