मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देउसी समूहलाई बसले ठक्कर दिदा दुई जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 176
    SHARES
  • देउसी समूहलाई बसले ठक्कर दिदा दुई जनाको मृत्यु

    कात्तिक २१ हेटौंडा । मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

    images

    शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन् ।

    images

    घाइतेमध्ये सात जना उपचारपछि घर फर्केका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।