मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा, आठ जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 227
    SHARES
  • सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा, आठ जनाको मृत्यु

    कात्तिक २१ दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । 

    images

    पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ । 
    घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।