मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सवारी दुर्घटनामा पुरोहितको ज्यान गयो

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 239
    SHARES
  • सवारी दुर्घटनामा पुरोहितको ज्यान गयो

    कात्तिक २२ उदयपुर । उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको ज्यान गएको छ । त्रियुगा नगरपालिका- ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रियुगा नगरपालिका-११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    images

    घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । को-१९ aप ९६४६ नम्बरको मोटरसाइकल र स-१ ह१६२० नम्बरको अटो ठाेक्किएका थिए । मोटरसाइकल पछाडि सवार भण्डारीकाे ज्यान गएकाे हाे । 

    अटो चालक चौदण्डीगढी नगरपालिका-७ का नरबहादुर कार्कीले चलाएको थियो ।

    images