मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 174
    SHARES
  • राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना

    कात्तिक २३ काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । 

    images

    मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०(१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

    यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

    images

    तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो ।