कात्तिक २३ सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत चौतारा बन्देउ सडकको पोखरेबेसीमा माइक्रो बस दुर्घटना भएको छ । सिन्धु पाँचपोखरी प्राली अन्तर्गतको बा २ ख २६१२ नं. को माइक्रोबस चौतारा बाट काठमाडौ जादै गरेको थियो ।
माइक्रोमा सवार सबै घाइते भएका छन् । घाइतेहरु ५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । १५ जना घाइते मध्ये १ जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ७/८ मिटर तल खसेको हो ।
.jpg)

