मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अछाममा भारतबाट आएका एक पुरुष मृत भेटिए 

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 174
    SHARES
  • अछाममा भारतबाट आएका एक पुरुष मृत भेटिए 

    कात्तिक २३ अछाम । अछाममा भारतबाट आएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रामारोशन गाउँपालिका- ६ भाटाकाटियाका गगने साउँदको शव भेटिएको हो ।

    images

    अन्दाजी ३० वर्षीय साउँद २१ कात्तिकमा भारतबाट मुजाबगर पुगेका थिए । तर, उनी आज स्थानीय टुडिसैन सालघाडी भिरमा मृत अवस्थामा फेला परेको वडा अध्यक्ष उदयबहादुर साउँदले जानकारी दिए । भारतबाट आएका उनी घर नपुग्दै मृत अवस्थामा भेटिएका हुन् ।

    घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामको टोली खटिएको प्रहरी निरीक्षक गङ्गादत्त बडूले बताए । प्रहरीको टोलीले थप अनुसन्धान गर्ने जनाएको छ ।

    images