मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ठूलो मात्रामा अवैध चिरान बरामद

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 234
    SHARES
  • ठूलो मात्रामा अवैध चिरान बरामद

    कात्तिक २३ सिराहा । डिभिजन वन कार्यालय सिराहा लहानले ठूलो मात्रामा सालको अवैध चिरान काठ बरामद गरेको छ । विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका-९ पुलिसपट्टामा जम्मा गरी राखेको करिब तीन लाख मूल्य बरावरको ५१ थान सालको चिरान बरामद गरिएको हो ।

    images

    चुरे क्षेत्रको बाटोहुँदै अवैधरूपमा तस्करहरूले काठ ल्याउँदै गरेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजन वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।

    बरामद काठ जंगलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको दासले जानकारी दिए । बिक्रीको लागि ठिक्क पारिएर राखेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुग्दा कतै दुई वटा कतै चार वटा छरिएर राखेको अवस्थामा काठ फेला परेको वन अधिकृत दासले जानकारी दिए ।

    images

    दासले उदयपुरबाट चोरी पैठारी गरी सिराहातर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको नापजोख गर्न बाँकी रहेको उनले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दासले जानकारी दिए ।