मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिन्धुपाल्चोक माइक्रो दुर्घटना अपडेट : एकको मृत्यु, १८ घाइते

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 319
    SHARES
  • सिन्धुपाल्चोक माइक्रो दुर्घटना अपडेट : एकको मृत्यु, १८ घाइते

    कात्तिक २३ सिन्धुपाल्चोक । मंगलबार अरनिको राजमार्गअन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रो बस चौतारा सागाचोकगढी नगरपालिका-११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनास्थलबाट तत्कालै उद्धार गरेर लगिएका एक जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बलेफी गाउँपालिका-५ की जानुका भन्ने सरस्वती पराजुली रहेकी छन् । 

    दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते सबैको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

    images

    घाइतेहरू चौतारा सागाचोक गढी नगरपालिका-१ का पशुपति थापा, तुलसी थापा, डकेन्द्र थापा, राज कुमार तामाङ, सुस्मिता श्रेष्ठ रहेका छन् । यस्तै घाइते हुनेमा चौतारा सागाचोक गढी नगरपालिका-५ का कटुल शेर्पा, लाक्पा शेर्पा, चौतारा सागाचोक गढी नगरपालिका-६ की बिन्दु सापकोटा, कुमार लामा, अशोक लामा, चौतारा सागाचोक गढी नगरपालिका-७ की यमकुमारी थापा मगर, निरोज दङगाल, चेतकुमारी थापा, धादिङ गोल्छे गाउँपालिका-४ की प्रतिमा कार्की, नवीन अधिकारी, मकवानपुर हेटौडा-१ का सहचालक अरुण तामाङ, चालक राम लाल थिङ, जिबारा सिमरा, स्वहिता थापा रहेका छन् ।

    सिन्धु पाँचपोखरी प्रालिअन्तर्गतको बा२ख २६१२ नम्बरको माइक्रोबस पोखरेबसीमा मध्यान्न १२:१५बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । माइक्रो बस  सडकबाट करिब ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।