मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 358
    SHARES
  • ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

    कात्तिक २४ मकवानपुर । ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

    images

    मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।