सप्तरी, २४ कात्तिक। छठ पर्वका लागि सप्तरीका पोखरी सिंगारिँदै छ। तराई र मधेसमा श्रद्धा र भक्तिको साथ चार दिन मनाइने छठ पर्वका लागि पोखरीको घाट सरसफाइ गरिन थालिएको हो ।
भाइटीकाको भोलिपल्टदेखि नै छठको तयारी हुने गरेको राजविराज-७ की बबिता साहले बताइन्। छठमा सामान राख्ने स्थल आघाटलाई सिंगार्ने चलन छ। तयारी अन्तिम चरणमा पुगेको राजविराज-७ का प्रकाश साहले बताए।
.jpg)

