मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खोलामा पौडी खेल्न गएका दाजु मृत भाइ बेपत्ता 

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 173
    SHARES
  • खोलामा पौडी खेल्न गएका दाजु मृत भाइ बेपत्ता 

    कात्तिक २४ विराटनगर । मोरङमा छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । रंगेली नगरपालिका-७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका-६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

    प्रहरी र स्थानीयले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेका थिए । अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । 

    images

    बेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।