मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दुई हप्ता नबित्दै पुनः पेट्रोलियम पदार्थको मुल्य वृद्धि

एक्सप्रेस पाना
कार्तिक २४, २०७८ बुधबार
  • 299
    SHARES
  • दुई हप्ता नबित्दै पुनः पेट्रोलियम पदार्थको मुल्य वृद्धि

    कात्तिक २४ काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ ।

    images

    नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । अब, पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । निगमले कात्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

    images