कात्तिक २५ सप्तरी । विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले कार्तिक २५ गते सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ भन्सार ईलाकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको रुपनी गाउँपालिका ६ बस्ने २६ बर्षिय श्यामकुमार बि.क. र २४ वर्षिय दिपेश चौधरी छन् । स५प ६९६० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम ६ एम्पुल, फेनेगन ६ एम्पुल र लीगेसिक ६ एम्पुल फेला पारेको हो ।
त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
शव फेला
मोरङ्ग जिल्लाको रंगेली नगरपालिका ७ स्थित बक्राह खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका भारतीय नागरिक १८ वर्षिय राजकुमार साहको शव सशस्त्र प्रहरीले कार्तिक २४ गते फेला पारेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खोजी तथा उद्वारका लागि खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला
पारेको हो ।
.jpg)

