मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो 

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 353
    SHARES
  • रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो 

    कात्तिक २८ दाङ । रोल्पामा आइतबार बिहान भएको यात्रुवहाक जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा जिप धनी एवं चालक माडी गाउँपालिका–६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका वर्ष ५५ का टेकबहादुर पुन ९टंकलाल० छन् ।

    images

    उनीहरूको घटनास्थल मै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सोही घटनामा विना घर्ती, लिला पुन र पञ्चना कामी घाइते भएका छन् । 

    माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

    images